स्कुल विभाग अध्यक्षद्वयले राखेर एकता टुंग्याउनुपर्छ : केन्द्रिय सदस्य दहाल 



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य महेश्वर दहालले स्कुल विभाग अध्यक्षद्वयले राखेर एकता टुंग्याउनुपर्ने बताएका छन्। उनले इञ्चार्जमा दाबी गरिरहेका नेताहरूलाई प्रशिक्षणको जिम्मा दिएर भुगोलमा खटाउन उपयुक्त हुने धारणा राखे।

प्रेस सगंठन नेपालका संयोजक समेत रहेका दहालले मंगलबार राजधानीमा जिल्लाबाट आएका प्रेस सगंठनकर्मीसगँको भेटका क्रममा यस्तो बताएका हुन्। दहालले स्कुल विभागको विवादमा नेकपा रुमलिँदा अन्य भातृ सगंठनहरूको एकता प्रकृया प्रभावित भएको बताउँदै स्कुल विभाग अध्यक्षद्य केपी शर्मा ओली र पुष्पकमल दहाल ‘प्रचण्ड’ले जिम्मा लिएर स्कुल विभाग दाबी गरिरहेका नेताहरूलाई भुगोलमा खटाउनुपर्ने धारण राखेका हुन्।

‘स्कुल विभागको विवादले पार्टीको समग्र एकता प्रभावित बताएको छ’, दहालले भने,‘त्यसैले हाललाई अध्यक्षद्वयले स्कुल विभागको जिम्मा लिएर पार्टी एकतालाई पूर्णता दिनु उपयुक्त हुन्छ।’ स्कुल विभाग दाबी गरिरहेका नेताहरूलाई प्रदेशमा पार्टी प्रशिक्षण चलाउन र जनताको राय संकलन गर्न खटाउनुपर्ने धारणा दहालको छ।

स्कुल विभागमा ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठबिच विावाद चलिरहँदा स्थायी कमिटीका युवराज ज्ञवाली, घनश्याम भुषाल, वेदुराम भुषाल, देवेन्द्र पौडेल र राम कार्कीले समेत दाबी गरेका छन्। त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले समेत स्कुल विभागको नेतृत्व गर्ने रहर देखाएका छन्। स्कुल विभाग टुंगो लाग्न नसक्दा नेकपाका २२ मध्ये २१ भातृ सगंठनको एकता प्रकृया अवरुद्ध छ। 

प्रतिक्रिया दिनुहोस्