बरफको बाकसभित्र दुई घण्टा बसेर विश्व कीर्तिमान



एजेन्सी : अष्ट्रियाका एकजना व्यक्ति भने २ घण्टासम्म बरफ राखिएको बाकसमा बसेर विश्व कीर्तिमान कायम गरेका छन्। जोसेफ कोएलबर्गले शनिवार यो कीर्तिमान बनाएका हुन्। बरफले भरिएको एउटा ठूलो पारदर्शी बाकसभित्र दुई घण्टा ८ मिनेट ४७ सेकेण्ड बिताएर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्।

राजधानी भियनामा आयोजित एक कार्यक्रममा उनले यो कीर्तिमान कायम गरे। उनी बरफका टुक्राले लगभग भरिएको बाकसमा बसे र उनको काँधसम्मै बरफ भरियो। त्यसक्रममा उनले केवल स्वीमसूट मात्र लगाएका थिए। चिसो बरफमा केही समय पनि बिताउन गाह्रो हुन्छ।

तर उनले दुई घण्टाभन्दा धेरै समय बिताए। यसअघि बरफको बाकसमा समय बिताउने कीर्तिमान चीनका जिन सोंगहाओको नाममा थियो। सन् २०१४ मा उनले ५३ मिनेट १० सेकेण्डसम्म बरफलको बाकसभित्र बसेर विश्व रेकर्ड बनाएका थिए। तर अष्ट्रियन जोसेफ कोएबर्लले उनको रेकर्ड भंग गरे।

२ घण्टा भन्दा धेरै समय बरफको बाकसमा बसेर निस्किएसँगै डाक्टरहरुले उनको स्वास्थ्य परीक्षण गरे। आश्चर्यजनक रुपमा उनको सरीरमा चिसोले कुनै असर पारेको थिएन र उनी पूर्ण रुपमा स्वस्थ थिए। आफू अझै लामो समयसम्म बरफको बाकसमा बस्ने सक्ने भए पनि पूरानो रेकर्ड भंग भएको हुँदा आवश्यकता नपरेको बताए।

प्रतिक्रिया दिनुहोस्