दुनियाकै महंगो आलु चिप्स, एक टुक्राको मूल्य हजार रुपैयाँ



एजेन्सी : अहिलेको समयमा आलु चिप्स लगभग सबैको मनपर्ने खानेकुरा हुन सक्छ। फास्टफुडमा सायद सबैभन्दा धेरै खपत हुने चिज नै आलु चिप्स हो। आम रुपमा आलु चिप्सका प्याकेटको मूख्या ४० पचास रुपैयाँ पर्ला। तर दुनियाकै सबैभन्दा महंगो आलु चिप्सको मूल्य थाहा पाउनुभयो भने तपाईं हैरान हुनुहुनेछ।

दुनियाको सबैभन्दा महंगो आलु चिप्सको प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्दछ। उक्त एक प्याकेटमा जम्मा पाँच वटा मात्र चिप्स अर्थात् टुक्रा हुन्छन्। अर्थात् एउटै टुक्राको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्दछ। 

यो महंगो आलु चिप्सलाई स्वीडेनको कम्पनी सेन्ट एरिक्स ब्रुअरीले उत्पादन गरेको हो। सामान्य जस्तो देखिने यो चिप्समा आखिर के छ र यसको मूल्य त्यतिधेरै छ ?वास्तवमा यो चिप्सको प्याकिङ यसरी गरिएको छ कि त्यो कुनै आलु चिप्सको प्याकेट जस्तो नभई महंगो गहनाको प्याकेट जस्तो छ।

यो चिप्समा बजारमा सर्वसुलभ रुपमा उपलब्ध नभई ग्राहकको अर्डर पछि मात्र उत्पादन गरिन्छ। साथै चिप्सको डब्बामा कम्पनीको एक प्रमाणपत्र पनि हुन्छ, ता कि सक्कली वा नक्कली पहिचान गर्न सकियोस्।

विशेष खालको यो आलु चिप्स उत्पादन गर्ने कम्पनीका अनुसार यसमा जुन सामग्रीको प्रयोग गरिएको छ, जुन निकै दुर्लभ छ। चिप्समा प्रयोग गरिएको प्याज पनि दुर्लभ जातको हो । जुन केवल लेकस्याण्ड सहरमा मात्र उत्पादन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्