मैत्रीपूर्ण भलिबल : नेपालद्वारा अफगानिस्तान पराजित



काठमाडौं : मैत्रीपूर्ण भलिवल खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हराएको हो।

पहिलो सेट २२–२५ र चौथो सेट २५–२३ ले गुमाए पनि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले जितेको नेपालले निर्णायक सेट १५–१३ ले हात पारेको थियो।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो। नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल बिहीबार हुनेछ।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्