स्कुल विभागको गाँठो नफुक्दा नेकपाको बैठक सरेको सर्‍यै



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दै छ । अन्य विभागको टुंयो लागेपनि स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ । आज अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट फर्किएपछि मङ्गलवार र बुधवार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।नेकपामा स्कुल विभागमा प्रवक्ता नारायणकाजी  श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल , ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम   भुसालसहित आठ जनाको दाबी छ ।

पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन। अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्य्विभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।

यसै गरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्