images

वालुवाटारमा ओली र नेपालबीच यसरी भयाे चर्काचर्की

द नेपालटप | प्रकाशित: २०७६-४-३० गते
वालुवाटारमा ओली र नेपालबीच यसरी भयाे चर्काचर्की

काठमाडौँ : प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच फेरि विवाद भएको छ । मङ्गलबार वालुवाटारमा पूर्व एमालेका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकको एजेण्डा थियो, आफ्नो भागमा परेका विभाग र जनवर्गीय संगठनको इन्चार्जमा सहमति जुटाउने ।

तर, जनवर्गीय संगठनको इन्चार्ज अर्थात् व्यक्तिबारे छलफल चल्दै गर्दा अध्यक्ष ओली र नेता नेपालबीचमा विवाद भयो । सोही बिषयलाई लिएर केहीबेर बैठकमा चर्काचर्कीनै भयो । दुई नेता चर्काचर्की गर्दा अन्य नेता भने मौन बसेका थिए ।

बैठकमा सहभागि एक नेता भन्छन्, ‘पूर्व एमालेको भागमा परेका विभाग, जनवर्गीय संगठनको इन्चार्जबारे छलफल गर्न प्रधानमन्त्रीले वालुवाटार बोलाउनु भएको थियो । त्यही क्रममा जनवर्गीय संगठनको इन्चार्जलाई लिएर दुई कमरेडबीचमा कुरा मिलेन । केहीबेर चर्काचर्कीनै भयो र छलफल निष्कर्षविहीन बन्यो ।’

बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कसरी जाने भनेर छलफल गर्ने उनी निकट केही नेताहरुलाई बताएका थिए ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

निकिताको जाहेरी प्रहरीले लिएन 

निकिताको जाहेरी प्रहरीले लिएन 

काठमाडौं :  रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वी..

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। आजै काठमाडौं ओर्ल..

रवि लामिछानेकी पत्नी निकिताले दिइन् किशोर श्रेष्ठ सहित तीन जनाविरूद्ध जाहेरी

रवि लामिछानेकी पत्नी निकिताले दिइन् किशोर श्रेष्ठ सहित तीन जनाविरूद्ध जाहेरी

काठमाडौँ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी  पत..

सांसद यादवको प्रश्न : आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?

सांसद यादवको प्रश्न : आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको सत्यतथ्य बाहिर ल्याउन सांसदले माग गरेका छन् । राष्ट्रियसभाको..

बाफलकाे एक संस्थामा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार

बाफलकाे एक संस्थामा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार

काठमाडौं : काठमाडौंको बाफलमा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार गरिएको छ । बाफलस्थित नमुना प्रगतिश..

भारतीय विदेशमन्त्री काठमाडौंमा  

भारतीय विदेशमन्त्री काठमाडौंमा  

काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आइपु..