पाकिस्तानी प्रधानमन्त्री खानद्वारा काश्मिरमा सम्बोधन, कस्तो छ भारतीय प्रधानमन्त्री मोदीको अन्तिम तयारी ?



एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित काश्मिरको राज्यसभामा विशेष सम्बोधन गरेका छन् । विशेष सम्बोधनका क्रममा उनले भारत सरकार र त्यसको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीको कटाक्ष गरेका छन् ।

्बुधबार सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले जम्मु काश्मिरको ३७० धारा खारेज गरेर नरेन्द्र मोदीले आफ्नो अन्तिम कार्ड प्रयोग गरेको र यो हिटलरले नाजीहरुका लागि प्रयोग गरेको अन्तिम समाधानजस्तै भएको दाबी गरे ।

उनले भारतले अहिले पाकिस्तान प्रशासित काश्मिरमा समेत केही गर्ने गोप्य तयारी गरिरहेको समेत बताए । प्रधानमन्त्री खानले भारतले यदि युद्धको तयारी गरिरहेको हो भने पाकिस्तान त्यसका लागि पनि पूर्ण रुपमा तयार भएको भन्दै चेतावनी दिए । 

खानले मोदीको नाम लिएरै भने, ‘तिम्रो इँट्टाको जवाफ हामी पत्थरले दिन तयार छौं ।’ इमरानले भने कि नरेन्द्र मोदीले खेलेको अन्तिम कार्डपछि काश्मिर स्वतन्त्रतातिर लाग्नेछ । प्रधानमन्त्री खानले आफ्नो सम्बोधनमा धेरैपटक राष्ट्रिय स्वयंसेवक संघको नाम लिएका थिए । 

उनले भारतमा जे भैरहेको छ, त्यो संघ (आरएसएस)कै विचारधाराका कारण भैरहेको आरोप लगाए । उनले आरएसएस विचारधारा हिटलरको नाजी पार्टी जत्तिकै भएको र मोदीले त्यसलाई प्रयोग गरिरहेको आरोप लगाए । यसपटक पाकिस्तानले १४ अगष्टमा पर्ने स्वतन्त्रता दिवसलाई काश्मिर एकता दिवसका रुपमा मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ

सिरहा : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालय भवनमा गएराती बम विष्फोट भएको छ । गाउँपालिका

जनकपुर : प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान जानेगरी शुक्रबार मध्यराती भएको शक्तिशाली बम बिस्फोटनमा संलग्न

काठमाडौं : पोखरामा भोली (आइतबार) देखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२०

काठमाडौ : गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय वैठक स्थागित भएको छ

डोटी : शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा आज शनिवार पार्टी सचिवालयको

कावासोती : सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली चढेको ना.६ ख ४०४ नम्बरको बस

धनुषा : धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा ३ जनाको मृत्यु गएको छ ।

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता