गुँपुन्ही पर्व : भ्यागुताको पूजा



काठमाडौं : श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो ।

यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ ।

क्वाँटी खाने पूर्णिमा भएकाले नेवार समुदायले आजको दिनलाई क्वाँटी पुन्ही पनि भन्ने गरिन्छ । यसले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दूषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ ।

रोपाईं र धान खेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरिरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञान अनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको  बताइन्छ ।

नेवार समुदायले आज विभिन्न कुण्डहरुमा गई स्नान गर्ने र विशेषगरी महादेवको दर्शन गर्ने र हातमा रक्षाबन्धनको प्रतीक डोरो लगाउने गर्दछ । नेवार समुदायले पञ्चतत्व अर्थात होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । जसले भुत, प्रेत, पिशाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ ।

भ्यागुताको पूजा गर्दै किसान

श्रावण शुक्ल पूर्णिमाको अवसरमा गुँपुन्ही मनाउँदैं नेवार समुदायका किसानहरुले आज वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको समेत पूजा गरी उसलाई भोजन गराउँदैछन् । किसानहरुको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ ।

किसानहरुले प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतालाई पुज्ने गर्दछन् । वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रुपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत खेतमा गई किसानहरुले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा ब्याँचा जाः नक वनेगु भनिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

नाम रुकुमकी नानुमाया घर्ति (नाम परिवर्तन), उमेर २१ वर्ष । बालाजु, नयाँ बसपार्कदेखि गोंगबुसम्मका सडकमा

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष प्रचण्डले अमेरिका र नेपालबीच सन् २०१७ मा

काठमाडौं : काठमाडौंको तारकेशवर नगरपालिका ३ धर्मस्थलीस्थित एक विद्यालयको छाना भत्किँदा करिब साढे तीन दर्जन

वीरगञ्ज : वीरगञ्जमा बाबुले आफ्नै छोरीलाई बलात्कार गर्दै आएको घटना सार्वजनिक भएको छ । वीरगञ्ज

काठमाडौं : प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताले काँग्रेस

काठमाडौं : फूलैफूलको पर्व तिहार आउन तीन दिन मात्र बाँकी छ । दशैं सकिएपछि घर–घरमा

काठमाडौं : रौतहट नरसंहारका मुख्य आरोपी महमद अफताव आलमकै कारण एक प्रहरी अधिकारीले एआईजी हुन

मेलम्ची : अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन

काठमाडौं : २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जना विरुद्ध आज (मंगलबार) विशेष अदालत काठमाडौंमा

काठमाडौं :डन आयो डन,जा मूला भन,राजा हो राजा,बजाईदिन्छ बाजा,ए निकाल गाँजा,खानुपर्छ आज ।। यो गीत

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाबीच वार्ता सहजकर्ताको भूमिकामा रहेका