संवैधानिक इजलासका लागि थप ६ जना न्यायाधीशहरूको नाम सिफारिस (सूचि सहित)



काठमाडौं : न्यायपरिषद्ले सर्वोच्च अदालतको संवैधानिक इजलासका लागि थप ६ जना न्यायाधीशहरूको नाम सिफारिस गरेको छ । मङ्गलवारको न्यायपरिषद बैठकले यसअघि ५ जना मात्रै तोकिएको इजलासमा थप ६ जनाको नाम सिफारिस गरेको हो । परिषद्को सिफारिसमा बनेको सूचीबाट सर्वोच्च अदालतको संवैधानिक इजलासको गठन हुनेछ ।

संवैधानिक इजलासमा ५ जना सदस्यहरू हुन्छन् । सिफारिस भएका थप न्यायाधीशमा विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल छन् ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित दीपककुमार कार्की, केदार चालिसे, मिरा खड्का र हरिकृष्ण कार्की मात्रै संवैधानिक इजलासमा थिए ।  अव भने प्रधानन्यायाधीशलाई न्यायाधीश छानेर संवैधानिक इजलास गठन गर्ने बाटो खुलेको छ । नेपालको संविधानको धारा १३७ मा सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था छ ।

कान्तिपुरमा खबर छ 

प्रतिक्रिया दिनुहोस्