आजकाे मौसम : चट्याङ्गसहित वर्षा हुने सम्भावना 



काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले मनसुनकको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । महाशाखाले हाल देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । आगामी २४ घण्टामा  केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ  ।

पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै चुरेबाट बहने नदिमा पानिको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

बिहीबार दिउँसो अधिकांश स्थानमा वदली भई पश्चिम, मध्य तथा पूर्वी पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार राति देशका धेरैजसो स्थानहरुमा वदली रही केही स्थानमा वर्षा हुनेछ भने पश्चिमी तथा मध्य भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रकार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य वदली रही केही स्थानमा वर्षा हुने तथा राती देशभरी वदली रही पश्चिम, का केही स्थानमा एवं पूर्व तथा मध्यका धेरै स्थानमा वर्षा हुने सम्भाना छ ।

त्यस्तै शनिबार दिउँसो देशका अधिकांश स्थानमा वदली रही मध्य तथा पूर्वका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा मध्य भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार शनिबार राति देशका धेरैजसो स्थानमा वदली केही स्थानमा वर्षा हुनेछ । त्यस्तै पश्चिमी पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्