सुनको भाउ : घटेको मुल्यमा दुई गुणा बढ्यो 



काठमाडौं : सुनको  आज तोलामा १२ सय रुपैयाले बढेको छ । शुक्रबार  तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो  भने हिजो बुधबार ७ सय रुपैँया घटेर ७० हजार ३ सय रुपैया प्रति तोलामा कारोवार भएको थियो ।  

यस्तै, चाँदी बुधबार तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको पनि १० रुपैयाले बढेर ८ सय ४० रुपैया कायम भएको छ । यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले तत्काल पुराना गहना नबेच्न सबैसँग अनुरोध गरेको छ ।

भाउ बढेपछि व्यापार नै हुन छाडेको भन्दै पुराना सामान बेच्न नल्याउन महासंघले अनुरोध गरेको हो । महासंघका अनुसार भाउ बढेपछि बजारमा सुन किन्नेको भन्दा पनि बेच्नेको संख्या बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्