विदेशी मुद्राको भाउ घट्यो



काठमाडौं : बुधबारको तुलनामा बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा रहेको थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा रहेको थियो । आज कतारी रियालको ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ ।

हिजो खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको थियो। बिहीबार यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा पुगेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १९ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १६ पैसा र बिक्रीदर २७ रुपैयाँ ३० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा रहेको थियो । वन १ सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तोकेको छ ।

हिजो खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा थियो । कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७५ पैसा छ । हिजो  खरिददर ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४ पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०३ रुपैयाँ २९ पैसा रहेको छ । हिजो खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८४ पैसा रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्