भारतको ७३औं स्वतन्त्रता दिवस : प्रधानमन्त्री मोदीको फरक ‘लुक्स’ 



आज भारतले ७३ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहि फरक अन्दाजमा देखिएका छन् । 

स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीले खादीको कुर्ताका साथै गलामा गम्छा र टाउकोमा पगडी बाँधेका थिए । 

प्रधानमन्त्री मोदीले लालकिलाबाट राष्ट्रलाई सम्बोधन गरे । यस अवसरमा मोदी परम्परागत पहिरनमा देखिए । 

Twitter पर छबि देखें

मोदीको खादी कुर्ता 

प्रधानमन्त्री मोदी धेरैजसो खादी कुर्तामा देखिन्छन् । स्वतन्त्रता दिवसको अवसरमा देशका जनतालाई सम्बोधन गर्दा उनले सेतो रङको खादी कुर्ता लगाएका थिए । त्यससँगै उनले गलामा गम्छा र टाउकोमा जोधपुरी पगडी बाँधेका थिए । 

मोदी स्पेशल गम्छा

मोदीले गम्छा लगाइरहेको देखिन्छ तर आज लगाएको गम्छामा हातले कढाइ गरेको थियो । सेतो र केसरी रङको गम्छामा कालो रङको बिन्दी पनि थियो । 

मोदीको जोधपुरी पगडी

भाषण गरीरख्दा मोदी अरुबेलाभन्दा निकै फरक देखिएका थिए । उनको टाउकोमा रङ्गीबिरङ्गी पगडी बाँधेको देखिन्थ्यो । यसलाई रोयल जोधपुरी पगडी पनि भनिन्छ किनकि त्यसमा गुलाबी र र पहेँलो रङको मिश्रण हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्