चलचित्र ‘रिजन अफ रिया’को छायाँकन सुरु 



काठमाडौं : लभ स्टोरी तथा एक्सन प्रधान नयाँ फिल्म ‘रिजन अफ रिया’को बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गरिएको छ ।

मुहुर्तसँगै बिहिबारबाटै यो फिल्मको छायाँकन सुरु गरिएको छ ।

मिलन आले मगरले निर्देशन गरेको फिल्म 'रिजन अफ रिया' धनेश्वर फिल्मस् प्रा।लि।को प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

चलचित्रको छायाँकन काठमाडौंबाट सुरु भएको छ । काठमाडौं पछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाँकन गरिने निर्देशक मिलनले जानकारी गराए ।

यो चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई लगायत नयाँ प्रस्तुतिमा मेनुका माझीको अभिनय रहेको छ ।

देब महर्जनको द्धन्द्ध निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ । यो चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह निर्मातामा कुमार जँग कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्