आजदेखि ‘हजार जुनीसम्म’ प्रदर्शन



काठमाडौं : चलचित्र ‘हजार जुनीसम्म’ रक्षाबन्धनको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको छ। जबकि, नेपालमा शुक्रबारदेखि चलचित्र प्रदर्शन हुने चलन छ। आर्यन सिग्देलको केन्द्रीय भूमिका रहेको यो फिल्म नेपालभर एकसाथ प्रदर्शनमा आएको हो।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेस प्रधान, सञ्चिता लुइँटेल, शिवहरि पौडेल लगायतका कलाकारको शीर्ष भूमिका छ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको यो फिल्मले मल्टिप्लेक्समा समेत राम्रो शो पाएको छ। आर्यन र स्वस्तिमाको स्टारडमका कारण पनि फिल्मले हलसम्म दर्शक तान्ने अनुमान गरिएको छ। लभस्टोरी जानरामा निर्माण भएको यो फिल्मले रिलिजअघि राम्रै चर्चा बटुलेको थियो।

प्रतिक्रिया दिनुहोस्