‘मिसन मंगल’ फिल्म समीक्षा : सपना हुन्छन् साकार



एजेन्सी : इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का वैज्ञानिकहरूले मंगलयान मिसनको आरम्भ गरेर एउटा सपना देखेका थिए। फिल्म मिसन मंगल तिनै सपना साँचो भएको कथा हो। 

फिल्मको शुरूआत हुन्छ सन् २०१० मा। इसरोका राकेश (अक्षय कुमार) को नेतृत्वमा जीएसएलभी फ्याट बोय रकेटलाई अन्तरिक्षमा पठाउने तयारी भइरहेको छ। अन्तरिक्षयानमा गडबडी आएका कारण मिसन बीचैमा रोक्नुपर्ने हुन्छ र मिसन फेल हुन्छ।

मिसनमा प्रोजेक्ट निर्देशक तारा (विद्या बालन) को नजर हुन्छ र उनकै गल्तीका कारण मिसन फेल भएको हुन्छ। तर राकेशले यसको दोष आफूमाथि लिन्छन्। उनलाई सजायका रूपमा मंगल मिसनमा काम गर्न लगाइन्छ। 

मंगलयान मिसनको डिपार्टमेन्टमा गएर राकेशलाई थाहा हुन्छ– त्यहाँ कुनै वैज्ञानिक पनि छैनन् अनि मिसनबाट कसैलाई केही आशा पनि छैन। ताराले उनलाई मंगल ग्रहमा मानिस पुग्न सक्ने विश्वास दिलाउँछिन् । त्यसपति मंगल मिसनको यात्रा शुरू हुन्छ। 

फिल्मको स्टारकास्ट बलियो छ। अक्षय कुमार अब्सेसिभ टीम लीडर हुन् भने तापसी पन्नु, सोनाक्षी सिन्हा, नित्या मेनन, कीर्ति कुल्हारी, शरमन जोशी र एचजी दत्तात्रेय टीमका अन्य सदस्य हुन्छन्। विद्या बालले टीमलाई एकजुट राख्छिन् । उनले सबैलाई लाइनमा ल्याउँछिन्। 

अक्षय कुमारको काम गजबको छ। तर विद्या बालनले उनलाई धेरै ठाउँमा पछि पारेकी छन्। विद्याको काम र उनका संवाद दर्शकको दिमागमा बस्न पुग्छ। अन्य कलाकारले पनि राम्रो काम देखाएका छन्।

निर्देशक जगन शक्तिको काम उत्कृष्ट नभएपनि राम्रो चाहिँ छ। उनले विज्ञान, प्रविधि र अन्तरिक्षका कुरालाई सरल भाषामा दर्शकलाई पस्केका छन्। फिल्ममा भावुक पलहरू पनि छन् र क्लाइमेक्समा दर्शकहरू डुब्ने देखिन्छ। 

फिल्ममा दुईवटा गीत छन् दुवै राम्रा छन्। सम्पादन, छायांकन र ग्राफिक्स राम्रा छन्। फिल्म अलिक स्लो हुनु चाहिँ कमजोरी हाे। पहिलो हाफ त एकदमै स्लो छ तर सेकेन्ड हाफमा गपत बढ्छ र राम्रो लाग्छ। फिल्ममा भएका जोक चाहिँ अझै राम्रो हुनुपर्थ्यो। फिल्म हेर्न नै सिफारिश गरिन्छ।

प्रतिक्रिया दिनुहोस्