बलिउडका रियल दाजु-भाइ र दिदी-बहिनी



एजेन्सी : वर्षमा एक पटक आउने ठूलो महत्वको पर्व हो रक्षा बन्धन। यो पर्व नेपाल तथा भारतमा निकै उल्लासका साथ मनाइन्छ। रक्षा बन्धनकै दिन राखीसमेत लगाइन्छ। खासगरी नेपालको तराईका भूभाग तथा भारतमा रक्षा बन्धनसँगै राखी पनि उत्तिकै उल्लासका साथ मनाइन्छ। राखीमा दिदी-बहिनीहरुले दाजु-भाइको दीर्घायुको कामना गर्दै हातमा राखी बाँधिदिने प्रचलन छ।

राखीले बलिउडकर्मीहरुलाई पनि उत्तिकै व्यस्त बनाउँछ। बलिउडका अधिकांश सेलिब्रेटीहरु आफ्ना दिदी-बहिनीको हातबाट राखी बाँध्छन्। यहाँ हामी केही त्यस्ता सेलिब्रेटीहरुको राखी योजनाका बारेमा चर्चा गर्दैछौं, जो उल्लासका साथ यो पर्व मनाउँछन्।

तुषार कपुर र एकता कपुर :- भाइ-बहिनीको अनमोल सम्बन्धमा पहिलो नाम आउँछ अभिनेता तुषार कपुर तथा निर्मात्री एकता कपुरको। तुषार कपुर तथा एकता कपुर बलिउड फिल्म उद्योगका त्यस्ता नाम हुन्, जसलाई कसैले बिर्सन सक्दैन।

दुवैको दिदी-भाइको सम्बन्धले उनीहरुको जीवनमा ठूलो महत्व राख्छ। बाल्यकालदेखि अहिलेसम्म उनीहरु दुवै हरेक वर्ष रक्षा बन्धनको पर्वलाई उल्लासमय ढंगले मनाउँदै आएका छन्। तुषारले आफ्नो एउटा अन्तर्वार्तामा भनेका थिए-एकताको छवी एउटी जिद्दी युवतीको जस्तै छ, तर वास्तविक जीवनमा मचाहिँ त्यस्तो स्वभावको छु।

 

रणवीर कपुर र करिना कपुर :- भाइको अनमोल सम्बन्धको दोस्रो नाम रणबीर कपुर तथा करिना कपुरको आउँछ । रणबीर कपुर र करिना कपुर आफ्नै दिदी-भाइ नभए पनि उनीहरुको बीचमा आफ्नै दिदी-भाइभन्दा बढी माया तथा प्रेम छ। रणबीर तथा करिना दुवै एकसाथ ‘कफी विद करण’ शोमा पनि प्रस्तुत भएका थिए, जहाँ उनीहरुले दर्शकहरुलाई निकै मनोरञ्जन गराएका थिए।

करिनाको विवाहमा रणबीर मन खोलेर डान्स गरेका थिए। करिनाले आफ्नो एउटा अन्तर्वार्तामा भनेकी थिइन्-मौका मिल्यो भने म रणबीरसँग फिल्ममा समेत काम गर्न चाहन्छु। राखीको दिन करिना र रणबीरसँगै हुन्छन्।

 

सोनम कपुर र अर्जुन कपुर :- दिदी-भाइको पवित्र सम्बन्धको तेस्रो नाम हो अभिनेत्री सोनम कपुर तथा अभिनेता अर्जुन कपुर। सोनम कपुर र अर्जुन कपुर आफ्नै दिदी-भाइभन्दा बढी नजिक छन्। दुवैको उमेर पनि उस्तै छ। उनीहरु बाल्यकालदेखि नै सँग-सँगै हुर्किंदै आएका हुन्।

त्यसैले उनीहरु दुवै एक-अर्काको हरेक कुरामा साथ दिन्छन्। जब अर्जुन र आलिया भट्टको सम्बन्धको चर्चा चलेको थियो, त्यो बेला सोनमले अर्जुनलाई निकै साथ दिएकी थिइन्।

 

सलमान खान र अर्पिता खान :- दिदी-भाइको सम्बन्धको चौथो नाम हो सलमान खान तथा उनका बहिनीहरु अल्वीरा र अर्पिता खान। सलमान खान आफ्ना दुवै बहिनीहरुको निकै नजिक छन्। सलमान आफ्ना दुवै बहिनीहरुलाई निकै माया गर्छन्। उनीहरु हरेक तरिकाले सुरक्षित राख्न पनि जान्दछन्।

सलमान खानका ज्वाइँ अर्थात अल्वीरा खानका श्रीमान् अतुल अग्निहोत्रीले एउटा अन्तर्वार्तामा भनेका थिए-हरेक वर्ष रक्षा बन्धनको दिन सलमान, अरबाज, सोहेल तथा मेरी श्रीमती अल्वीरा मेरो ससुराली घर अर्थात सलीम खानको घरमा एकसाथ खाना खान्छौं। त्यसक्रममा सलमानले आफ्ना बहिनीहरुलाई यस्ता उपहार दिन्छन्, जसले उनका बहिनीहरुको अनुहारमा मुस्कान छाउँछ।

 

अभिषेक बच्चन र श्वेता नन्दा :- दिदी-भाइको अनमोल सम्बन्धको अर्को नाम हो अभिषेक बच्चन तथा श्वेता नन्दा। बलिउडको सबैभन्दा प्रख्यात तथा इज्जतदार बच्चन परिवारमा जन्मिएका अभिषेक बच्चन तथा श्वेता बच्चनका बीच निकै माया-प्रेम देख्न पाइन्छ।

उनीहरुको माया प्रेम अभिषेक र ऐश्वर्या रायको विवाहमा पनि देख्न पाइएको थियो। उक्त वैवाहिक समारोहमा श्वेताले नै अभिषेकको विवाहको अधिकांश समारोहहरुलाई निकै सुन्दर र उत्साहित शैलीमा सम्पन्न गराएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्