राप्रपा एकता भाँडियो, राष्ट्रिय सभागृह बुकिङ रद्ध



काठमाडौं : तीन हाँगामा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता राजसंस्था र चुनाव चिह्नको विवादले भाँडिएको छ । 

कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच सोमबार एकता घोषणा गर्ने कार्यक्रम थियो । 

तर, थापा र राणाबीच राजसंस्था र चुनाव चिह्रनका विषयमा विवाद भएपछि आईतबार दिउँसो एकता प्रक्रिया भाँडिएको नेताहरुले बताएका छन् । 

सोमबार दिउँसो १ बजे एकता घोषणाका लागि लिइएको राष्ट्रिय सभागृहको सभाहल बुकिङ पनि एकता भाँडिएसँगै रद्ध गरिएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्