काठमाडौं : कालिकोटको पचालझरना गाउँपालिका नजिकै बम विस्फोटन भएको छ ।
कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी हुने कार्यक्रम थियो । सो कार्यक्रममास्थल नजिकै बम विस्फोटन भएको हो ।
विस्फोट प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले गराएको हुन सक्ने प्रहरीको आशंका छ । पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला कार्यक्रम स्थलनजिकै बम विष्फोट भएको हो ।
कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर माथिको जंगलमा बम विष्फोट भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।