हात्तीलाई दिनदिनै यातना दिएर बनाए यस्तो हालत, कारुणिक छन् तस्वीर (भिडियो सहित)



एजेन्सी : श्रीलंकामा एक हात्तीलाई पर्वमा वर्षैपिच्छे जबर्जस्ती परेड गर्न लगाइने र यातना दिने गरिएकाले दुब्लाएर सबै हाड देखिने कारुणिक तस्वीर सार्वजनिक भएको छ। टिकीरी नामक ७० वर्षीया ढोइलाई अन्य ६० हात्तीहरूसँगै श्रीलंकाको पेराहेरा पर्वमा परेड गर्न लगाइनेछ। तर ढोइको शरीर कमजोर छ अनि उनी बिरामी छिन्।

यो दश दिने बौद्ध पर्वमा जनावरहरूलाई सजाइन्छ अनि नर्तक, संगीतकार, आगो ओकल्ने तथा हातमा सामान घुमाउनेहरूले चटक गर्छन्। टिकीरीको कारुणिक तस्वीर सेभ एलिफेन्ट फाउन्डेसनले सोमवार विश्व हात्ती दिवसमा शेयर गरेको थियो।

‘टिकीरीलाई लगातार १० दिन प्रत्येक साँझ अबेर रातिसम्म हल्लाखल्ला, आतिशबाजी र धूवाँका माझ परेडमा भाग लिन लगाइन्छ,’ फाउन्डेसनले भन्यो। ‘मानिसहरूले समारोहमा आशीर्वाद पाएको अनुभव गरून् भनेर उसलाई प्रत्येक रात थुप्रै किलोमिटर हिँडाइन्छ।’

महोत्सवमा भाग लिनेहरूले टिकीरीको आकर्षक रूप देख्छन् तर सजावटका पछाटि कठोर वास्तविकता लुकेको छ। ‘उनको हाड छाला मात्र बाँकी रहेको र उनी कमजोर भएको कुरालाई सजावटी वस्त्रले छेक्छ,’ फाउन्डेसनले लेख्यो। 

‘कसैले पनि उनको आँखाको आँसु देख्दैन। उनको मुकुण्डोलाई सजाउने चम्किला प्रकाशले उनका आँखामा चोट पुगेको छ। उनलाई कदम चाल्न गाह्रो पर्ने गरेको छ किनसक खुट्टामा साङ्लो बाँधिएको छ।’

यो पर्वलाई हामीहरू कसरी आशीर्वाद वा पवित्र कुरा मान्न सक्छौं जहाँ हामीहरूले अन्य प्राणीलाई पीडा दिइरहेका छौं ?’ टिकीरीलाई क्यान्डी शहरको दाँत मन्दिरमा काममा खटाइएको संस्थाले जानकारी दियो र श्रीलंकाका प्रधानमन्त्रीलाई यो क्रूरता अन्त्य गर्न चिट्ठी लेख्न दर्शकहरूलाई आग्रह गर्‍यो।

प्रतिक्रिया दिनुहोस्