किसानको अनौठो काइदा, खेतबारीमा विषादी होइन रक्सी



एजेन्सी : भारतको हरियानाका किसानहरुले एउटा अनौठो तथा नौलो प्रयोग सुरु गरेका छन्। त्यहाँको फतेहावाद जिल्लाका किसानहरुले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि निकै रोचक उपाय अपनाएका छन्।

किसानहरुले बालीनालीमा विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेका छन्। पानीमा मिलाएर बालीनालीमा रक्सी छर्किने यो विधि अनौठो त छँदैछ, यो विधि कति सफल होला ? त्यो पनि हेर्न बाँकी नै छ।

तथापि किसानहरु भने बालीनालीलाई मदिरा शेचन गर्ने विधि निकै सफल हुने विश्वासमा छन्। कृषि वैज्ञानिकहरुले भने यस्तो विधिलाई किसानहरुको भ्रम भनेका छन्। बालीनालीमा रक्सी छर्किनाले कुनैपनि किटाणु नमर्ने उनीहरुको भनाई छ।

किसानहरुलाई भ्रममा परेर आफ्नो बालीनाली नोक्सान नगर्न उनीहरुले आग्रह गरेका छन्। किसानहरु भने खर्च कम हुने, उत्पादन बढ्ने, विषादी रहित स्वच्छ खानेकुरा खान पाइने र वातावरणमा पनि नकारात्मक असर नपार्ने भन्दै रक्सी छर्किने विधिको जोडतोडका साथ प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्