प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक फेरी स्थगित 



काठमाडौं : सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरी स्थगित भएको छ । 

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि पार्टी केन्द्रीय सचिवालय बैठक स्थगित भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बोलाइएको थियो । 

अर्को बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको नेकपाका एक नेतालो बताए । 

साउन १३ को बैठकमा केन्द्रीय सदस्यहरुको रुचि बुझेर त्यसैअनुसार जिम्मेवारी बाँडफाँटको निर्णय गर्नेमा सचिवालय स्तरका नेताबीच सहमति भएको थियो । त्यसयता पटक–पटक सचिवालय बैठक बोलाइए पनि बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्री ओली केही सिंगापुरमा उपचार सरकेर सोमबार स्वदेश फर्किए थिए । 

स्कुल विभाग प्रमुखमा पूर्व एमाले र पूर्वमाओवादीले अडान नछोडेपछि नेकपाभित्र विभाग तथा आयोगहरुको जिम्मेवारी बाँडफाँटको विषय टुंगो लाग्न सकेको छैन । 

पूर्वएमालेको भागमा संगठन र विदेशजस्तो महत्वपूर्ण विभाग परिसकेकाले स्कुल विभाग आफूले पाउनु पर्ने अडान पूर्वमाओवादीको छ । पूर्व एमाले स्कूल विभाग पूर्वमाओवादीलाई छोड्न तयार देखिँदैन ।

नेकपाका ३३ विभाग मध्ये पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभागको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्