अदालतको अनौठो आदेश, २० किलो चामल दिएर पत्नीसँग ‘डिभोर्स’



एजेन्सी : सबै धर्ममा विवाहलाई एक पवित्र बन्धन मानिन्छ। तर केही वैवाहिक सम्बन्धहरु खासै टिक्न सक्दैनन् र विवाहित जोडीहरुले सम्बन्ध विच्छेदको बाटो रोज्छन्। सम्बन्धविच्छेद हुँदा अदालतले लोग्नेबाट श्रीमतीलाई अंश तथा मानाचामल भराउने फैसला गर्दछ, सामान्यतया।

गुजारा भत्ताको रुप्मा केही पैसा पनि पत्नीलाई अदालतले दिलाइदिन्छ तत्कालका लागि। तर भारतको पञ्जाव तथा हरियाणा उच्च अदालतले निकै अनौठो फैसला गरेको छ पछिल्लो पटक। जसको चर्चा अहिले सबैले गरिरहेका छन्।

अदालतमा सम्बन्ध विच्छेदको मुद्दा झेलिरहेका एकजना पुरुषले आफ्नो कुनै जागिर नभएको हुनाले डिभोर्स गरिसकेपछि पत्नीलाई गुजारा भत्ताको रुपमा नगद दिन नसक्ने भनी उच्च अदालत समक्ष निवेदन गरेका थिए।

तर नगदको साटो दैनिक प्रयोग हुने सामानहरु भने दिनसक्ने उनले बताएका थिए। लोग्नेले डिभोर्स गर्ने पत्नीलाई निर्वाह भत्ताको रुपमा नगद दिन नसक्ने र दैनिक उपभोगका चिज भने दिनसक्ने भनेपछि अदालतले यस्तै खालको फैसला गर्यो ।

जस अनुसार डिभोर्स गरिसकेपछि पूर्व पत्नीलाई मासिक २० किलो चामल, ५ किलो चिनी, ५ किलो दाल, १५किलो गहुँ, २ किलो दुध तथा ५ किलो घिउ दिनुपर्ने दिनुपर्ने भयो। त्यस्तै पूर्व पत्नीलाई हरेक तिन महिनामा तीनवटा कुर्ता सुरुवाल सूट पनि दिनुपर्ने फैसला अदालतले गर्यो।

प्रतिक्रिया दिनुहोस्