सरकारले मन्त्रिपरिषद बैठकको निर्णय तत्काल सार्वजनिक नगर्ने



काठमाडौं : सरकारले मन्त्रिपरिषद बैठकको निर्णयहरु तत्काल जानकारी नगराउने भएको छ । आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अबदेखि मन्त्रिपरिषद बैठकको निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो ।

अबदेखि मन्त्रीपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

यसअघि विशेष अवस्था  बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रिपरिषद बैठक लगत्तै प्रवक्तामार्फत जानकारी गराईन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्