रोनाल्डो, मेस्सी र भान डाइक वर्ष खेलाडीको अन्तिम मनोनयनमा



काठमाडौं : युरोपेली फुटबल महासंघ (युईएफए)ले सन् २०१८–१९ का उत्कृष्ट तीन पुरूष खेलाडीको नाम सार्वजनिक गरेको छ। युइएफएले गत सिजन गरेको प्रर्दशनका आधारमा अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनीक गरेको हो।

बिहीबार सार्बजनिक मनोनयनमा इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र इङ्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक परेका छन्। तीन खेलाडीबाट ‘प्लेयर अफ द इयर’ घोषणा गरिने छ।

यसअघि उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक भएको थियो। सार्वजनिक सूचीबाट भोटीङ र प्रदर्शन मूल्याङकनका आधारमा उत्कृष्ट तीन जनाको नाम सार्वजनिक भएको हो।

मेस्सीले गत सिजन बार्सिलोनाबाट ५१ गोल गर्दा रोनाल्डोले युभेन्ट्समा डेब्यु सिजनमा २८ गोल गरेका थिए। पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि जिताएका रोनाल्डोले गत सिजन उत्कृष्ट फर्ममा देखिएका थिए। यता लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका डाइकले नेदरल्याण्ड्सलाई नेसन्स लिगको फाइनलसम्म पुर्याएका थिए। 

प्रतिक्रिया दिनुहोस्