राप्रपा बैठक भदौ दोस्रो साता बस्ने



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक भदौ दोस्रो साता बस्ने भएको छ। पार्टीले भदौ दोस्रो साताका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो।

सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोज महिनामा ७५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन गर्न लागेको पार्टीले जनाएको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकले कार्यकर्ताको मनोबल उच्च राख्न आगामी भदौमा देशका ७७ जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो।

देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकले पार्टीले बोकेको विचारलाई दृढ भएर स्थानीय तह, प्रदेशमा पुर्याउन इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न बैठकले केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएको छ।

अध्यक्ष थापाले आफ्नो पार्टी निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको बताउँदै जनताको विकास र समृद्धिका चाहना पूरा गर्नका लागि भएका परिवर्तनअनुसार सामाजिक रुपान्तरण हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्