भारतका संसदीय कार्य मन्त्री अनन्त कुमारको निधन



काठमाडौं : भारतका संसदीय कार्य मन्त्री अनन्त कुमारको ५९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित कुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री बनेका थिए भने सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बने । उनको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमनन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्