नेकपाको सचिवालय बैठक शुरु



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको एकता प्रक्रियाका साथै एकताका लागि टुंगिनबाँकी विभाग गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका साथै सहमति हुन नसकेको स्कूल विभाग गठन लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्