चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा रविका पाँच समर्थक पक्राउ



चितवन : पत्रकार सालिकराम पुडासैनी हत्या प्रकरण अनुसन्धानकालागि प्रहरी नियन्त्रणमा रहेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले उनको रिहाइको माग गरेका छन् ।

चितवन प्रहरीको नियन्त्रणमा रहेका रविलाई विना सर्त रिहाइको माग गर्दै उनका समर्थकहरू नाराबाजीमा उत्रिएका छन्  ।

प्रहरीले चितवनको चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाँच जनालाई नियन्त्रणमा लिएको छ । चितवनमा बिहानै देखी रविका समर्थकहरूले प्रदर्शन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्