विराटनगरमा पनि मनाइयो गाईजात्रा 



विराटनगर : काठमाडौं उपत्यकासहित विराटनगरमा पनि गाईजात्रा पर्व मनाइएको छ । केही वर्षयता विराटनगरमा पनि यो जात्रा मनाउन थालिएको हो । 

वर्षदिनभित्र देहावसान भएका आफन्तहरुको सम्झनामा विराटनगरमा पनि आज (शुक्रबार) सामुहिक गाईजात्रा पर्व मनाइएको छ । 

विराटनगरले आयोजना गरेको गाईजात्रामा लाखे नाच र झाँकीसहित विभिन्न आकृतिमा सजिएका बालकालिकादेखि युवाहरुको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । 

सो जुलुुसमा वर्ष दिन भित्र देहावसान भएका २५ जनाको गाईजात्रा निकालिएको थियो ।

नेवार समुदायमा देहावसान भएको व्यक्तिको सम्झनामा वर्ष दिन भित्र घरबाट गाईजात्रा निकाल्ने चलन रहेको छ ।

गाईको प्रतिकात्मक रुपमा सजिएर नगर परिक्रमा गर्दा गाईको पुच्छर समाती मृतात्माले वैतरणी पार गर्छन् भन्ने धार्मिक मान्यता अनुरुप गाईजात्रा पर्व मनाइदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्