‘द भ्वाइस अफ नेपाल सिजन–२’ आजबाट प्रशारण हुँदै



काठमाडौं : नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ साउन ३१ (आज)बाट प्रशारण हुँदैछ। प्रदर्शनको एक दिन अगाडि कार्यक्रमको विशेष प्रिमियर काठमाडौँमा गरिएको थियो। बिहीबार आयोजना गरिएको प्रिमियरमा सांगीतिक क्षेत्रका व्यक्ति र शोको टिमहरू उपस्थिति रहेको थियो।

‘द भ्वाइस’को प्रिमियरमा दोस्रो सिजनको पहिलो भागको प्रदर्शन गरिएको थियो। ‘द भ्वाइस अफ नेपाल’ हिमालय टिभी एचडीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुनेछ। दोस्रो सिजनमा कोच दीप श्रेष्ठ र प्रमोद खरेलका साथमा गायिका आस्था राउत र गायक राजु लामाको इन्ट्री भएको छ।

कार्यक्रमका जम्मा गरेर ३२ वटा श्रृंखला प्रशारण हुने भएको छ। पहिलो सिजनकोभन्दा यस सिजनमा एकसेएक प्रतिस्पर्धी भएकाले प्रतिस्पर्धा निकै कडा रहेको शोका निर्देशक लक्ष्मण पौडेलले बताएका छन्। दुई हजार दुई सय सहभागी भएका प्रतिस्पर्धी मध्ये ‘डिजिटल अडिसन’बाट ११० जना प्रतिस्पर्धीलाई छनोट गरिएको हो।

प्रतिक्रिया दिनुहोस्