हरेक व्यक्तिको मन लोभ्याउने टौदह (फोटो फिचर)



काठमाडौं : शान्त एवं सफा वातावरण, हावाका सुस्केरा जसले हरेक व्यक्तिको मन लोभ्याइरहेको हुन्छ। त्यसरी नै काठमाडौं कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहले पनि धेरैको मन लोभ्याइ रहेको छ।

टौदह धेरै टाढा छैन, काठमाठौंबाट ७ किलोमिटरको दुरीमा रहेको छ। कीर्तिपुरमा रहेको टौदह उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल पनि हो। ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको छ।

नीलो अनि सफा पानी, पानीमा खेलिरहेका हाँस, बकुल्ला, काग, कछुवा र चारा हालेपछि खान आउने माछाको हुल त्यहाँ निकै आकर्षक देखिन्छ। टौदह वरिपरि विभन्न जातका बोटबिरुवा, किरा र पंक्षीहरु समेत पाइन्छ। टौदहबाट सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ।

त्यसैले पछिल्लो समय त्यहाँको रमणीयता, सुन्दरतालाई अवलोकन गर्न अथवा थकाइ विश्राम गर्न काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानबाट मानिसहरु जाने गरेका छन्। जुन तालले एक पटक पोखराको लेकसाइड पुगेको महशुस गराइ दिन्छ।

सफा पोखरीको संरक्षणका लागि चारैतिरबाट फलामे बार लगाइएको छ। किनारमा बस्ने ठाउँ बनाइएका छन्, जहाँ आनन्दले बस्न सकिन्छ। भोक लागे तालको वरिपरि रेस्टुडेन्टहरु खुलेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्