भालुको आक्रमणबाट तीन जना घाइते



अछाम: मंगलसैन नगरपालिका वडा नम्बर-७ मा  जंगली जनावर भालुको आक्रमणबाट तीन जना घाइते भएका छन् ।भालुको आक्रमणबाट नम्बर-७, का ५० वर्षीय प्रेम ढुंगाना, २ वर्षीय बालक ओम प्रकाश दमाई र ७ वर्षीया बालिका उर्मिला दमाई घाइते भएका हुन् ।

शुक्रबार बिहान साढे सात बजे बारीमा मकै खाइरहेको भालुले आक्रमण गरेको हो ।  घाइतेहरुकाे जिल्ला अस्पताल मंगलसैनमा उपचार भइरहेकाे छ । 

प्रतिक्रिया दिनुहोस्