‘हिरो नेपाल’ प्रतियोगिता हुने, विजेतालाई १० लाख



काठमाडौं : नेपालमा पहिलो पटक ‘हिरो नेपाल’ प्रतियोगिता हुने भएको छ। एक्टिभ प्रोडक्सन एण्ड मिडिया प्रालिको आयोजनामा लुकेका प्रतिभालाई उजागर गर्न उक्त प्रतियोगिता आयोजन गर्न लागिएको आयोजक एक्टिभ प्रोडक्सन एण्ड मिडियाकी प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले जानकारी दिइन्।

प्रतियोगितामा स्वदेश तथा विदेशमा रहेका जुनसुकै उमेर समूहका नेपालीले भाग लिन पाउने श्रेष्ठले बताइन्। हिरो नेपालमा विभिन्न जातजातिले आफ्नो कला तथा संस्कृतिलाई प्रवद्र्धन गर्न सक्ने र नयाँ पिँढीले पनि सिक्ने माध्यमका रुपमा यो मञ्चलाई प्रयोग गर्न सक्ने उनको भनाइ छ।

प्रतियोगितामा प्रथम हुनेले १० लाख, द्वितियले ८ र तृतिय हुनेले ६ लाख पुरस्कार पाउनेछन्। ३ महिनाको यो इभेन्ट प्रोग्रामको प्रोमोशनल शुटिङ भइसकेको र केही दिनपछि अडिसन सुरु गरिने आयोजकले जानकारी दिएको छ। आयोजकको वेबसाइटमा लगइन गरेर वा हिरो नेपालको एप डाउनलोड गरेर पनि रजिष्ट्रेसन गर्न सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्