चीनमा पहिरोबाट १७ मजदूर बेपत्ता



चीन : दक्षिण पश्चिमी चीनको एक रेल वे स्टेसन पुनर्निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण १७ जना मजदूर बेपत्ता भएका छन्। पहाडी इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलामा एकदम छिटो सो पहिरो आएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्