शरणार्थीलाई नागरिकता दिएको आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ



पोखरा : तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापासहित ३ जना पक्राउ परेका छन्। शुक्रबार अध्यक्ष थापासहित वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिधिकारी राजेन्द्र पौडेललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।

यसअघि साउन २५ गते ८ जना पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । उनीहरुमाथि अनुसन्धान पछि वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

पोखरा १८ सराङ्कोटका लेखबहादुर थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाउन यिनीहरूले सहयोग गरेको प्रहरीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्