भारतप्रति क्रुर बन्दै पाकिस्तान : जोधपुरबाट कराँची चल्ने रेल रोकियो 



काठमाडौं : भारतको राजस्थानको जोधपुरबाट पाकिस्तानको कराँची चल्ने रेल पाकिस्तानले रोकेको छ । 

भारतले आफ्नो संविधानको धारा ३७० निलम्बन गरेर जम्मु कश्मीरको विशेषाधिकार खारेज गरेपछि अहिले पाकिस्तान भारतप्रति क्रुर बन्दै गइरहेको छ । 

भारतीय रेललाई उद्धृत गर्दै एएनआइले लेखेको छ, ‘राजस्थानको जोधपुरबाट पाकिस्तानको कराँचीका लागि नियमित चलिरहेको एक्सप्रेस रेल अर्को सूचना नआउन्जेलका लागि रोकिएको छ ।’

शुक्रबारदेखि स्थगन भएको उक्त रेलसेवा केही समययता सञ्चालनमा आएको थियो ।

यसअघि पाकिस्तानले लाहौरबाट भारतको अटारीसम्म चल्ने सम्झौता एक्सप्रेस रेल बन्द गरेको थियो ।

यसैगरी पाकिस्तानले भारतसँग व्यापारिक सम्बन्ध अन्त्य गर्ने घोषणा थियो भने   भारतीय उच्चायुक्तलाई फिर्ता पठाउने र आफ्ना उच्चायुक्तलाई फिर्ता बोलाउने निर्णय समेथ लिइसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस्