राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना चढेको हेलिकोप्टर आकस्मिक अवतरण



काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सवार हेलिकप्टर रुकुमपूर्वमा आकस्मिक अवतरण गरिएको छ। मौसममा खराबी भएर उडान भर्न नसकिने भएपछि हेलिकप्टरलाई रुकुमपूर्वको भुमे गाउँपालिका–६ मा अवतरण गरिएको हो।

हेलिकप्टर गाउँपालिकाको स्थानीय विद्यालयको प्राङ्गणमा अवतरण गरिएको थियो। बाग्लुङमा ढोरपाटन महोत्सव उद्घाटन गर्न जाने क्रममा मौसम खराब भएपछि अध्यक्ष तिमिल्सिनाको टोली सवार हेलिकप्टर आकस्मिक अवतरण गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्