रोल्पामा विद्यालयको जीप दुर्घटना : १ जनाको मृत्यु



रोल्पा : रुन्टीगढी गाउँपालिका २ राम्लीमा शुक्रबार जीप दुुर्घटना हुँदा एक जना बालिकाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्। रुन्टीगढी गाउँपालिका वडा नम्बर २ को दारेढुङ्मा दुुर्घटना हुँदा रुन्टीगढी–२ की ६ वर्षीया बालिका सञ्जिता बस्नेतको ज्यान गएको छ।

रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ को सैवाङमा रहेको सनराइज बोर्डिङ स्कुलको लु १ ज १२६७ नम्बरको जीप विद्यार्थी लिएर फर्कने क्रममा दुर्घटना भएको हो। सञ्जिताको घटनास्थलमै ज्यान गएको र घाइते भएका १३ जना विद्यार्थीहरुको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्