बाहिर खाजाघर, भित्र यौनधन्दा !, यसरी गराइन्छ ३ थरिका यौन क्रियाकलाप



काठमाडौं : यौन धन्दाको नयाँ ट्रेण्ड चलिरहेको प्रहरीले फेला पारेको छ । खाजा पसलको नाममा दर्ता नगरी र पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरेको प्रहरीले तथ्य फेला पारेको हो ।

पछिल्लो समय खाजा पसलका नाममा यस्तो क्रियाकलाप गरेको भन्दै गत जेठ ३ गते काठमाडौंको नयाँ बसपार्कबाट २८ जनालाई प्रहरीले पक्राउ गरेकोे थियो । प्रहरीले नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा यौन क्रियाकलाप गर्ने १५ पुरुष र १३ जना महिला गरी २८ जना पक्राउ गरेको थियो ।

नयाँ बसपार्क, कोटेश्वर, चाबहिल, गौशाला लगायतका क्षेत्रमा दर्ता नगरिकनै खाजा पसलका नाममा यौनधन्दा भइरहेको तथ्य खुलेको प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।

‘मानिसको भीडभाड हुने तथा राजधानीका मुख्य ठाउँ मानिने कोटेश्वर, कलकंकी, नयाँ बसपार्क, रत्नपार्क लगायतका क्षेत्रमा उनीहरूको सक्रिय देखिन्छ,’ एसएसपी सुवेदीले भने ।

‘ए दाई हामी मिलाइदिन्छौं, जाने हो ? सुरक्षित छ क्या ? जस्ता शब्द प्रयोग गर्ने दलालले सर्वधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू हामी कहाँ आइरहन्छन् । त्यसलाई हामीले समुदायसँग साझेदारीमा नियन्त्रणमा लिने, सम्झाउने तथा सुध्रिनको समय दिने । यति हुँदाहुँदै पनि अटेरी गर्नेलाई कानून बमोजिमको कारवाहीका लागि सिफारिस गर्छाैं,’ प्रमुख सुवेदीले लोकान्तरसँग भने ।

३ थरिका यौन क्रियाकलाप

दिउँसो यौन क्रियाकलाप गर्ने महिला–पुरुष, राति ८ बजेदेखि ११ बजेसम्म यौन क्रियाकलाप गर्ने र तेस्रोलिङ्गी यौन क्रियाकलप गर्ने गरी ३ थरिका समूह सक्रिय छन् । प्रहरीले यस्ता समूहलाई कानूनी दायरामा ल्याउन र राजधानीमा आम सर्वसाधारणलाई सहज रुपमा हिँडडुल गर्न सक्ने वातावरण बनाउन लागिपरेको प्रमुख एसएसपी उत्तमराज सुवेदीले लोकान्तरलाई बताए ।

‘तेस्रोलिङ्गीहरू ठमेलको सञ्चय कोष छेउछाउ, चाबहिल, नयाँ बसपार्कमा सक्रिय रहेका छन् । हामीले उनीहरूलाई यस्ता क्रियाकलापबाट निरुत्साहित गर्न अथवा सचेत गराउने, नमानेमा कानूनको दायरामा ल्याउने गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्