बुन्डेस लिगाको पहिलो खेलमा बायर्न बराबरीमा रोकियो



काठमाडौं : जर्मन बुन्डेस लिगाको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ। शुक्रबार राति सम्पन्न सिजनको पहिलो खेलमा बायर्न हर्था वर्लिनसँग २–२ गोलको बराबरीमा रोकिएको थियो।

बायर्नका लागि दुवै गोल रोवर्ट लेवान्डोस्कीले गोल गरे। खेलको २४ औ मिनेटमा लेवान्डोस्कीले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ३६ औ मिनेटमा डोडी लुकेबाकियोले वर्लिनका लागि बराबरी गोल गरे।

त्यस्तै ३८ औं मिनेटमा मार्को जिरुजिकले गोल गर्दै वर्लिनको अग्रता २–१ को अवस्थामा पुर्याए। तर, ६० औ मिनेटमा पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई हारबाट जोगाए। नयाँ सिजनको पहिलो खेलमा बराबरी खेल्दै दुवै टोलीले अंक बाँडेका छन्। बायर्नले खेलमा ७० प्रतिशत बल पोजिसन लिए पनि थप गोल गर्न सकेन।

प्रतिक्रिया दिनुहोस्