प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै,  सिटी र टोटेनह्यामको भिडन्त पनि आजै



काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) ७ खेल हुँदैछन्। प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा आर्सनल र बर्नलीबीच प्रतिस्पर्धा हुनेछ।

खेल आर्सनलको मैदानमा साँझ ५ः१५ बजेबाट सुरु हुनेछ। यस्तै साँझ ७ः४५ मा हुने खेलमा लिभरपुलले साउथह्याम्पटनसँग खेल्नेछ।

यस्तै सोही समयमा हुने अन्य खेलमा ब्राइटनले वेस्ट ह्याम, एभर्टनले वाटफोर्ड, नवप्रवेशी नर्विच सिटीले न्यूक्यासल युनाइटेड तथा अर्को नवप्रवेशी एस्टन भिल्लाले बर्नमाउथसँग खेल्नेछन।

यता आजको अन्तिम तथा रोमाञ्चक खेल भने राति १०ः१५ बजेबाट सुरु हुनेछ। यो खेलमा साबिकको विजेता म्यानचेष्टर सिटीले लिगको दाबेदार टोली टोटेनह्यामसँग खेल्नेछ।

सिटीको घरेलु मैदानमा हुने यस खेलमा दुवै टोली एक–अर्कालाई हराउने योजनाका साथ मैदान प्रवेश गर्नेछन्।

आजका खेल

आर्सनल र बर्नली – साँझ ५ः१५

साउथह्याम्पटन र लिभरपुल – बेलुकी ७ः४५ बजे

एभर्टन र वाटफोर्ड – बेलुकी ७ः४५ बजे

ब्राइटन र वेस्ट ह्याम – बेलुकी ७ः४५ बजे

नर्विच सिटी र न्यूक्यासल युनाइटेड – बेलुकी ७ः४५ बजे

एस्टन भिल्ला र बर्नमाउथ – बेलुकी ७ः४५ बजे

म्यानचेष्टर सिटी र टोटेनह्याम  – राति १०ः१५ बजे

प्रतिक्रिया दिनुहोस्