कुकुरले डुंगामा अड्किएको साथी कुकुरलाई यसरी बचायो (भिडियो सहित)



एजेन्सी : डुंगामा अड्किएको अनि पानीसँग डराउने साथी कुकुरलाई एक कुकुरले नदीमा हाम्फालेर जोगाएको छ। घटना मंगलवार गुआङदोङ प्रान्तको चिङयुआन शहरमा भएको हो। घटनाको भिडियोमा रोटवेलर प्रजातिको कुकुर नदीको किनारमा चिन्तित भएर उभिएको देखिन्छ। चट्टानहरूमा बसेर उसले डुंगामा रहेको आफ्नो साथीलाई किनारमा ल्याउने उपाय खोज्छ। 

डुंगामा अड्एिको कुकुर पनि चिन्तित देखिन्छ र गुहार माग्दै भुक्छ। किनारका कुकुर पानीमा पस्छ अनि साथीको उद्धार गर्छ। ऊ पानी तैरिँदै गएर डुंगाको अगाडि बाँधिएको डोरी भेट्छ। डोरीलाई दाह्रामा च्यापेर ऊ किनारतिर पौडिन थाल्छ र यसक्रममा डुंगा र साथी कुकुरलाई लग्छ। किनारमा पुगेपछि डुंगाको कुकुर हाम्फालेर चट्टान पुग्छ।

प्रतिक्रिया दिनुहोस्