चिच्याएर गीत गाउँदा च्यातियो फोक्सो



एजेन्सी : एक चिनियाँ पुरुषले निकै चर्को स्वरमा गीत गाउने हुँदा फोक्सो च्यातिएको छ। वाङ नाम गरेका ६५ वर्षीय व्यक्तिले चर्को स्वरमा लगालग १० वटा गीत गाएको अनि फोक्सो च्यातेको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन्। 

गीत गाउँदै जाँदा उत्साहित भएर उनले लगालग गाएका थिए। जियाङ्शी प्रान्तको नानचाङ काउन्टीमा गीत गाउँदै गर्दा वाङलाई सास फेर्न गाह्रो भएको थियो अनि छाती दुख्न थालेको थियो। 

उनलाई अस्पताल लगिएको थियो र आकस्मिक विभागमा चिकित्सकहरूले उनको फोक्सो च्यातिएको पाए। गीत गाउँदा छातीमा दबाब परेकाले उनको फोक्सो च्यातिएको थियो। 

यसअघि सन् २०१७ मा अर्का एक व्यक्तिले कन्सर्टमा चिच्याएर गीत गाउँदा उनको फोक्सो च्यातिएको थियो। वाङले गीत गाउँदै जाँदा असहज अनुभव गरेका थिए तर त्यसलाई बेवास्ता गरे । तर पीडा बढ्दै गएपछि उनी अस्पताल गएका थिए।

प्रतिक्रिया दिनुहोस्