भीरबाट लडेर गोडा भाँचेका किशोरलाई हेलिकप्टरबाट गरियो उद्धार (भिडियो सहित)



एजेन्सी : स्कटल्यान्डको सिनक्लेयर क्यासलको भीरबाट लडेर दुवै गोडा भाँचेका फ्रान्सेली किशोर आर्थर बोर्गोग्नोलाई उद्धार गरिएको छ। परिवारसँग छुट्टी बिताउन स्कटल्यान्ड पुगेका बोर्गोग्नो भीरमा चिप्लेर लडेका थिए।

उनलाई तटरक्षक (कोस्टगार्ड) हरूले उद्धार गरेका थिए। उद्धार गर्दा उनी भीरमा अड्किएका थिए र समुद्रको जलस्तर बढिरहेको थियो। उनलाई पहिला रोयल एबरडीन इन्फर्मेरीमा उपचारका लागि लगिएको थियो। त्यसपछि उनलाई फ्रान्स लगेर थप उपचार गरिएको छ। 

आफ्नी आमा जुलीसँग उनी पर्यटकीय स्थल क्यासलमा पुगेका थिए। भिडियो फूटेजमा कम्तीमा आठजना उद्धारकर्ताले किशोरलाई भीरबाट झिकेर सुरक्षित स्थानमा लग्न कोशिश गरेको देखिन्छ। 

उनलाई स्ट्रेचरमा राखी समुद्रबाट उडाएर हेलिकप्टरले १०० फीट माथि उडाइन्छ र नजिकैको अस्पताल लगिन्छ। उद्धार सोमवार बेलुका ५ बजेपछि गरिएको थियो। स्कटिश एम्बुलेन्स सर्भिसले कोस्टगार्डलाई सम्पर्क गरेपछि उद्धारको काम थालिएको थियो। 

प्रतिक्रिया दिनुहोस्