नवलपरासीमा बस दुर्घटना, २५  घाइते



बुटवल : नवलपरासीमा बस दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा २५  जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा दाङबाट काठमाडौं गुडेको ना ६ ख ३९७३ नम्बरको बस बिहान करिब २ बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा घोराही नगरपालिका–१५ का २८ बर्से होमबहादुर पोखरेल, सोही जिल्ला शान्तिनगर गाउँपालिका–१ का एक बर्से बालक यनुष विक, तुल्सीपुरका २४ वर्षीया लक्ष्मी बस्नेत, दाङकै थिलकपुर निवासी अन्दाजी ७० वर्षीया गंगी विकको अवस्था गम्भीर रहेको पूर्वीनवलपरासीका एसपी रमेश थापाले जानकारी दिए । 

 

उनका अनुसार घाइतेमध्ये १० जनाको अवस्था सामान्य छ । घाइतेको भरतपुरस्थित पुरानो र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्