जिप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु



सप्तरी : सप्तरीमा जिप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको कञ्चनरुप नगरपालिका–११ बक्साहामा शनिबार बिहान बा१६च २२३५ नम्बरको जिप दुर्घटना हुँदा पत्रकार अधिकारीको ज्यान गएको हो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए। दुर्घटनामा परी रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाध्यक्षहरू सोहल चौधरी र तारानाथ पाण्डे तथा चालक अशोक भण्डारी घाइते भएका छन्।

चालक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि विराटनगर लगिएको छ। पत्रकार अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि पूर्वतर्फ जाँदै थियो।

प्रतिक्रिया दिनुहोस्