प्रदेश–२ को नाम मिथिला प्रदेश नै हुनुपर्छ : नेता यादव 



जनकपुरधाम : प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राम सरोज यादवले प्रदेश–२ को नाम मिथिला प्रदेश हुनुपर्ने बताएका छन्। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको यो सरकारले प्रदेशको नामाकरण गर्न नचाहेको यादवले आरोप लगाए।

जनकपुरमा शनिबार आयोजित मिथिला नाट्यकला परिषदको ४० औं साधारण सभामा बोल्दै नेता यादवले राउत नेतृत्वको यो सरकार २ नम्बर प्रदेशको अस्तित्व समाप्त पार्ने खेलमा लागेको आरोप लगाए।

यादवले भने, ‘मैले पटक पटक मुख्य मन्त्रीलाई नामकरण र राजधानीबारे गम्भीर बन्न आग्रह गरे। तर, आफूले अहिलेसम्म यसको कुनै जवाफ पाएको छैन।’ यो क्षेत्र र सीमा मिथिला बाहुल्य रहेकाले आफू र आफ्नो पार्टीले बारम्बार यस प्रदेशको नामकरण मिथिला वा मिथिला भोजपुरा हुनुपर्ने सदनमा समेत कयौं पटक बोलिसकेको बताए।

एक मधेश प्रदेशको मुद्दा छोडेको मधेशवादी दलप्रति आक्रोश व्यक्त गर्दै यादवले भने, ‘मधेशलाई २२ जिल्लासम्म सीमांकन गरेको मधेशवादी दल आज किन आठ जिल्लामा मधेशलाई सीमित गर्न खोजेको ? भन्दै प्रदेशसभाका सदस्य समेत रहेका यादवले प्रदेश–२ सरकारसँग प्रश्न गरेका छन।

प्रतिक्रिया दिनुहोस्