किन शाहरुख खानका फिल्म हेर्न थालेकी छिन् छोरी सुहानाले ?



एजेन्सी : शाहरुख खानकी छोरी सुहाना खान आफ्नो पहिलो सर्ट फिल्मका कारण पनि चर्चामा छिन्। यो फिल्मको नाम ‘द ग्रे पार्ट अफ ब्लू’ हो। उक्त शर्ट फिल्मको पोस्टर सामाजिक सञ्जालमा केही हप्ताअघि शेयर गरिएको थियो।

अब फ्यान सुहानाको बलिउड डेब्युको प्रतीक्षामा छन्। सुहाना पनि बलिउड फिल्ममा डेब्यु गर्नका लागि कडा मेहनत गरिरहेकी छिन्। उनले अभिनय सिक्नका लागि आफ्ना पिता शाहरुख खानका सबै फिल्म हेरिरहेकी छिन्। सुहाना यही क्षेत्रमा जम्न चाहन्छिन्।

सुहाना यी फिल्म शाहरुख खानको बंगलामा बनेको थिएटरमा हेरिरहेकी छिन्। उनले यतिबेला पिताको काम गर्ने तरिका र उनको अभिनयको पनि अध्ययन गरिरहेको भारतीय मिडियाले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्