एजेन्सी : पोर्न उद्योगमा मिया खलिफा चर्चित छिन्। यस्तो पनि भन्ने गरिन्छ कि, मियाले यही उद्योगबाट नै राम्रो कमाइ गरेकी छिन्। तर मियाले भने आफूले यो उद्योगबाट अहिलेसम्म साढे ८ लाख कमाएको बताउँछिन्। यो कुरालाई फ्यानले भने पत्याएका छैनन्। जबकि, एक जमानामा सबैभन्दा चर्चामा आउने एडल्ट स्टारका रुपमा मिया नै थिइन्। उनलाई एडल्ट फिल्म खेलेका कारण ज्यान मार्ने धम्की पनि दिइएको थियो।
एक अन्तर्वार्तामा मियाले भनेकी छिन्, यो उद्योगमा लागेर मैले करोडौँ कमाएँ भन्ने धेरैले सोच्छन् तर त्यो गलत हो। उनले ५ वर्ष पहिले एडल्ट इन्डस्ट्री छोड्ने फैसला गरेकी थिइन्। तर उनलाई जागीर पाउन पनि गाह्रो भयो। उनले यो क्षेत्र छोडेपछि लामो समय डराउनुपरेको पनि बताएकी छिन्।
तर मियालाई यो क्षेत्रमा जानुमा कुनै अफसोच छैन। सामाजिक सञ्जालमा कतिले आरोप लगाएका छन् कि मियाले झूठ बोलेकी छिन्। मियाले जम्मा ३ महिना पोर्न फिल्ममा काम गरेकी थिइन्। त्यसपछि उनले यो क्षेत्र छोडिन्। मुस्लिम भएका कारण पोर्न फिल्म खेलेको भन्दै कट्टरपन्थी संगठनले ज्यान मार्ने धम्की दिएको थियो।